निर्मला श्रेष्ठ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक – ‘मेरो श्रीमतीलाई तपाईँ देख्नुभयो कि ?’ साँगाचोकगढी नगरपालिका ४ का ४२ वर्षीय गोविन्द श्रेष्ठ विदेशबाट फर्कने जो कोहीलाई पनि यही प्रश्न सोध्नुहुन्छ । तर जवाफ आजसम्म कतैबाट पनि भेट्नुभएको छैन ।
विदेश जाने हर कोहीलाई सोध्नुको अर्को कारण पनि छ । गोविन्दलाई श्रीमती रोजगारीका लागि कुन चाहिँ देश गइन भन्नेसमेत जानकारी छैन । किनकि उहाँकी श्रीमती रीना घर सल्लाहमा विदेश जानुभएकाे हैन । कहाँ छु भनेर वास्तविक कुरा रीनाले पनि बताउनुभएन ।
६ वर्षअघि बेली श्र...