भारतीय राजदूत क्वात्राद्वारा नेपाली सेनालाई खोप हस्तान्तरण

काठमाडौँ : नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान […]

सम्बन्धित सामग्री

नेपाली सेनालाई भारतले दियो १ लाख डोज खोप

भारतले नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण गरेकाे छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिसिल्ड भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

भारतीय सेनाबाट नेपाली सेनालाई एक लाख खोप हस्तान्तरण

सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आइपुग्यो कोभिडविरुद्धको खोप : ७७ जिल्लामा एकैपटक खोप दिने सरकारको योजना

भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।  भारतले...

भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो । निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ । उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

भारतले दिएको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर

भारतीय राजदूत क्वात्राबाट स्वास्थ्यमन्त्री त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतबाट आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । बिहीवार काठमाडौं पुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । भारत सरकारले कोरोना विरुद्धको १० लाख मात्राको खोप सहयोग गर्ने जनाएको छ ।  बुधवार स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठी र राजदूत क्वात्राले खोपबारे जानकारी दिएका थिए ।  भारतले नेपालसहित...

कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाण्डाै आइपुग्याे

काठमाण्डाै - भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुगेको छ ।   केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप काठमाण्डाै ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्नु हुनेछ । यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले छिमेक...