भारतीय राजदूत क्वात्राबाट स्वास्थ्यमन्त्री त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतबाट आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । बिहीवार काठमाडौं पुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । भारत सरकारले कोरोना विरुद्धको १० लाख मात्राको खोप सहयोग गर्ने जनाएको छ ।  बुधवार स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठी र राजदूत क्वात्राले खोपबारे जानकारी दिएका थिए ।  भारतले नेपालसहित...

सम्बन्धित सामग्री

भारतले सहयोग स्वरूप नेपाललाई दियो १५० वटा आइसीयू बेड

काठमाडौं। भारतले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आज १ सय ५० वटा आइसीयू बेड सहयोग गरेको छ। नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले एक समारोहबीच ती सामाग्री कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्। कोरोना विरुद्धको लडाइँमा यसअघि भारतले नेपाललाई हालसम्म अनुदान सहयोगमा ११ लाख कोरोना खोप दिइसकेको छ।

भारतले १० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने

काठमाडौं। भारतले ८-१० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज जनाएका छन्। कोरोनाभाइरस सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि सरकारले कूटनीतिक च्यानलमार्फत् भारतसँग लिक्वीड अक्सिजन मागेको थियो। राजदूत क्वात्राले आज एक कार्यक्रममा बोल्दै ट्याङ्करमार्फत् लिक्वीड अक्सिजन भारतले पठाउने बताएका हुन्। भारतले नेपाललाई २३ लाख कोरोना खोप दिइसकेको उनले बताए।

भारतले दिएको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर

भारतले नेपाललाई दिने भयो १० लाख डोज कोरोना खोप

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी खोप उपलब्ध गराउने जानकारी दिएका हुन्।