नेपाली सेनालाई भारतले दियो १ लाख डोज खोप

भारतले नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण गरेकाे छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिसिल्ड भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।