काठमाडौं : अचेल राजधानीमा प्रकाशन भएका पुस्तक सोही दिन राजधानीबाहिरका पाठकले पाउँछन्। यसको माध्यम बनेको छ, 'किताब यात्रा'। २७ हजार पाँच सय रुपैयाँमा दिल्लीबाट तीनवटा बोरामा किताब हालेर रक्सौल नाका हुँदै नेपाल भित्रिएका थिए ऋषिराम अधिकारी।कुनै पनि पाठकले साहित्यका पुस्तक नपाएर भौतारिनुपर्ने समयको अन्त्य गर्न अधिकारीले किताब यात्राको सुरूवात गरेका हुन्।एक कल फोनकै भरमा पाठकको घरमा पुर्याउने लक्ष्य राखेको किताब यात्राले पाँच वर्ष बिताइसकेको छ। ०७४ चैतबाट औपचारिक रूपमा सुरु भए