५९ जिल्लाका विद्यालयमा पुग्याे किताब

काठमाण्डाै – नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएकाे चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । आज सोमवार किताब बिक्री–वितरण र छपाइकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्‍याउने गरी काम भइरहेको बताउनुभयो ...