काठमाण्डाै - धेरैजसाेकाे लागि किताब अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो । ज्ञानको भण्डार हो । ज्ञानको प्यास मेटाउने अतृप्त साधन हो ।
तर, रामेछापका दीपकका लागि किताब के होइन ! उहाँको भोक, प्यास मेटाउने साधन हो । घरबार हो । जीवन जिउने प्रमुख आधार हो । कोठाभाडा हो । खाना हो । खाजा हो । लगाउने लुगा हो । हिँड्ने सहारा हो । सबैथोक हो।
किताबसँग उहाँको लगाब हुन थालेको झण्डै एक दशक भयो । यसअघि उहाँको मन अन्यत्र नडुलेको होइन । तर, अन्त मन नबसेपछि उहाँ किताबको फन्दामा पर्नुभयो ।
एक प्रक...