नगरकोटीको किताब! हु केयर्स!

यत्रो विलम्ब गरेर आउने मान्छे नगरकोटी नै हो भन्ने के ग्यारेन्टी! यसै पनि उनको पछिल्लो किताब बजारमा किन्नै पाइँदैन! अनि उनका पाठकहरूले किताब नपाएको झोंकमा लेखकलाई नै अपहरण गरेर लगे कि! अनि पर्दाफास हुने डरले यी कुनै बहुरूपिया नगरकोटीको भेष धारण गरेर हामीलाई झुक्याउन आएका त होइनन्!