काठमाण्डौ – सरकारले एजेण्ट खारेज गरे पनि झण्डै ३६ प्रतिशत श्रमिक अझै पनि एजेण्टकै भरमा वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।
प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले अझै पनि झण्डै ३६ प्रतिशत नेपाली श्रमिक एजेण्टमार्फत वैदेशिक रोजगारीमा जाने गरेको देखाएको हो ।
पीएनसीसीले आठ वर्षको अवधिमा १५ हजारभन्दा धेरै श्रमिकको केशहरूको विश्लेषण गरी गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ६३ प्रतिशत श्रमिकहरू सरकारसँग इजाजत लिएका म्यानपावर कम्पनीमार्फत गएको देखाएको छ भने झण्डै ३६ प्रतिशत श्रमि...