मेनपावरले गुण्डा लगाएर पीडित र श्रमिक पदाधिकारीलाई कुटपिट गरी झुठा मुद्दा लगाएको महासंघको आरोप, विनाशर्त रिहाइको माग

काठमाडौं, २१ पुस । समाजवादी ट्रेड युनियन महासंघ नेपालले काठमाडौंका धापासीमा रहेको ब्रिज स्काई इन्टरनेशनल प्रा.लि. (मेनपावर कम्पनी) ले युवाहरुलाई गुण्डा लगाएर सांघातिक आक्रमण गरेको आरोप लगाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघ नेपालले मेनपावरबाट ठगिएका युवाहरुलाई उल्टै कुटपिट गरी मेनपावरले पहुँचको भरमा भुठा मुद्दा लगाइएको आरोप लगाएको हो । […]