काठमाडौं : आज मे १ अर्थात् १३२ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस।कोरोना महामारीका कारण यो अघिल्लो र यो वर्ष दिवस मनाइँदैछैन। यो भन्दा ठूलो पीडा त श्रमिक/मजदूरहरूले खेपिरहेका छन्।गत वर्ष पनि यतिखेर सरकारले लकडाउन गरेको थियो। औपचारिक र अनौपचारिक क्षेत्रमा आश्रित श्रमिकहरूले आम्दानीको स्रोत गुमाएका थिए र भोकै परेका थिए। रोजगारी खोज्दै आएका श्रमिकहरू शहरहरूमा अलपत्र परेपछि हिँड्दै आफ्नो थातथलोतर्फ फर्किएका थिए। यो वर्ष पनि यस्तै स्थिति निम्तिने देखिँदैछ।चिउरा र पानीको भरमा पैदलै घर फर्कँ