शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उनले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् ।“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौँ,” उनले भने, “बागलुङ क्षेत्र नम्बर २ का दुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौँ, औपचारिक घोषणा हुनमात्र बाँकी छ ।” उनले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताए । “लोकतन