शिक्षा मन्त्री पौडेल र स्विट्जरल्याण्डका राजदूतबिच भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा […]