शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । मन्त्री पौडेलले शनिबार ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । प्राथमिक तहको परीक्षा निरीक्षण गर्दै मन्त्री पौडेलले परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिए । परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका थिए ।

सम्बन्धित सामग्री

शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार

काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर दुई जना फरार भएका छन् । कालिकोट गेलाका जगत शाही र मनराज शाही शिक्षक सेवा आयोग दिन सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन् । उनीहरूले सुर्खेत मंगलगढीको एक इन्स्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम […]

'शिक्षक सेवा आयोग परीक्षा स्थगित नगरे कडा रूपमा उत्रन्छाैं'

भक्तपुर । सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएको छ ।   शिक्षामन्त्री गिरिराजमणि...