काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्ने बताएका छन्।मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच आज भएको भेटवार्तामा उनले स्थानीय तहले आफ्ना पालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका हुन्।उनले चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि मन्त्रालयले आवश्यक सहय