काठमाडौं (अस) । नेपालका लागि सुजुकी चारपांग्र्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिले एयरपोर्ट सोरुममा इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो बिक्री सुरु गरेको छ ।
सर्वाधिक माइलेज दिने नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधा छन् । कम्पनीका प्रबन्ध निर्देशक प्रवीणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू जेनेरेसन सेलेरियोमा थप माइलेज, बिनासम्झौता सुरक्षा र सुविधाजनक फिचर रहेका छन् ।
स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । कारमा एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिल जडान गरिएको छ । सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अधिक सुरक्षा दिने कम्पनीले बताएको छ ।