तमु ल्होछार एक विवेचना

ठूलो तालमा एउटा कछुवा दक्षिणतिर मुख गरेर बसेको थियो। आर्य मञ्जुश्री त्यहाँ गए। उनले पूर्वतिरबाट काठको बिँड भएको फलामको कर्दले कछुवालाई प्रहार गरे। यसरी हान्दा कछुवाको पेट छेडेर कर्दको टुप्पो पश्चिमतिर निस्क्यो, काठको बिँड पूर्वतिर रह्यो। छटपटिएर कछुवाले मुखबाट आगोको ज्वाला छाड्यो।

सम्बन्धित सामग्री

गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै

हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।...

ल्होछार मनाउनेहरुको घरपरिवारमा कसरी मनाइन्छ यो पर्व ?

आज माघ शुक्ल प्रतिपदा (माघ १९) नेपालका प्रमुख आदिवासीहरु मध्ये एक तामाङ समुदायले मान्ने सोनाम ल्होछार (ल्होसार) को दिन हो ।   तामाङ साथै ह्योल्मो र केही अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।  अन्तर्राष्ट्रिय तहमा यो पर्व चिनियाँ नयाँ वर्षको रुपमा पनि मानिन्छ । तर पात्रो परम्परा अलगअलग भएको हुदाँ कहिले काँहि फरक दिनमा पनि पर्न जान्छ । अलगअलग परम्परा कै कारण नेपालका अरु समदाय जस्तै शेर्पा, तिब्बती, गुरुङहरुले पनि केही फरक समयमा ल्होछार (ल्होसार) मनाउछन् । गुरुङहरु पौष १५ मा तमु ल्होछार र शेर्पा तिब्बतीहरु र केही तामाङले समेत फाल्गुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसार मान्दछन् ।  हिमाली तथा पहाडी क्षेत्रका उल्लेखित समुदायहरुले विभिन्न तिथिमितिमा मान्ने ल्होछार वा ल्होसार शब्दले तिब्बती वा तामाङ भाषामा नयाँ वर्षको अर्थ दिन्छ ।   यो प्राचीन समयमा करिव ४७ सय वर्ष अघि चीनियाँ सभ्यतामा विकास भएको चिनियाँ ज्योतिष परम्परामा आधारित वर्ष गणना पद्धतीमा आधरित रहेको चन्द्रगति अनुसारको (लुनार क्यालेण्डर) पात्रोमा आधारित नयाँ वर्ष हो ।   अन्य पात्रोमा जस्तै ल्होछार परम्परामा पनि बार, महिना, शुभ—अशुभ आदि आफ्नै मौलिक तरिकाले तय गरिने चलन हुन्छ ।  ल्होछार परम्पराकै पात्रोको नयाँ वर्षमा केही फरक देखिएता पनि मुल अन्तरवस्तु ल्हो (वर्ष) गणना भने नेपालका तामाङ वा अरु समुदायदेखि चीनसम्मै एकै रहेको हुन्छ ।  जस अनुसार १२ वर्षको एक चक्र (ल्होखोर्लो) मानिन्छ र तिनलाई १२ प्रतिनिधी जनावरहरुको नामले पुकारिन्छ ।   यही प्रचलन अनुसार अब शुरु भएको वर्ष बाघ वर्ष हो ।  यस वर्ष बाघ वर्ष भए जस्तै अन्य वर्षहरुमा क्रमश बिरालो (वा खरायो), गरुड (ड्रागन), नाग, घोडा,  भेडा, बाँदर, चरा, कुकुर, सुँगुर, मुसा र गोरु गरी क्रमश गणना गरिन्छ र १२ वर्षे चक्र पछि फेरी उही प्रक्रिया दोहोरिन्छ ।  यही आधारमा १२ वर्ष चक्र भन्दा लामो समय गणनाको लागि ६० वर्षको अर्को ठूलो चक्र (सेक्साजेनरी) परिकल्पना गरी सोही आधारमा लामो कालखण्डको गणना गर्ने परम्परागत पद्धती रहेको हुन्छ ।  देशमा बहुदलीयता, बहुलता र लोकतन्त्रलाई आत्मसात गर्दै २०४६ तथा त्यसपछि भएका राजनीतिक परिवर्तन र जागरण अघि ल्होछार वा ल्होसार सम्बन्धित समुदायले घरपरिवारमा सीमित तरिकाले मात्र मान्ने चलन थियो । तर अहिले यस पर्वको अवसरमा टुँडिखेल, पार्क तथा सार्वजनिक स्थलहरुमा साथिभाई भेला भई ठूलो सांस्कृतिक जमघटका साथ मनाउने चलनले गर्दा यो उत्सव ल्होछार मान्ने समुदायको मात्र नभै आम नेपालीको लागि पनि चासो र उल्लासको रुपमा विकास  हुँदै गएको छ ।  ल्होछार मान्नेहरुले पर्व आउनु केही समय पहिले नै पर्वको समयमा लगाउनको लागि परम्परागत पहिरनको व्यवस्था गर्ने गर्दछन् भने उत्सुक्ताका साथ आगामी वर्ष आफू र आफ्ना परिवारजनहरुको लागि शुभ—अशुभ के छ भनी चाख देखाउँदै सोधखोज गर्ने गर्दछन ।  अशुभ छ भने सम्पन्न गर्नु पर्ने कामहरु छिटोछिटो टुङ्याउने प्रयास गर्दछन् ।  घरको सरसफाई तथा खानपिनको जोहो गर्ने कार्य पनि हुन्छ ।   सोनाम ल्होछार मान्ने परम्परा अनुसार ल्होछारको अघिल्लो साँझ विभिन्न ९ थरी गेडागुडी मिश्रित गुथुग भनिने सुप पकाएर खाने चलन थियो तर यो अहिले तेति प्रचलित छैन ।  यस्तो सुप पिउनाले सर्दी जाने र दशाग्रह पुरानो वर्षसँगै समाप्त हुने विश्वास गरिन्छ ।  ल्होछार नयाँ वर्षको दिन घरको पुजास्थानमा पर्वको लागि तयार पारिएको पकवान सजाएर राखिन्छ । यस्ता पकवानमा विशेष किसिमको रोटी खाप्से, फलफुल र मिठाइहरु समाविष्ट हुन्छन् ।  गाउँघरमा घरको मुलव्यक्तिले नजिकैको धारा, कुवा आदिबाट पानी ल्याई पूजास्थानमा चढाउने गरिन्छ । नयँ वर्षको घामको झुल्को अगावै शुद्ध जल घरमा ल्याउनले धनधान्य प्राप्ती हुने, न्होरग्युन्मा (धनकी देवी, लक्ष्मी) ले आसिर्वाद दिने विश्वास पनि छ ।   पूजा पश्चात घरको ज्येष्ठ सदस्यलाई अन्यले क्रमशः ढोग्ने र आसिर्वाद लिने चलन हुन्छ । आसिर्वाद दिंदा कतैकतै टोटलाको फूल (कोको म्हेन्दो), र घिउको टिका लगाइने चलन पनि रहेको छ ।  त्यसपछि घरपरिवार खानपिन गर्ने र थप रमाइलोको लागि आफन्तकहाँ वा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरुमा सहभागि हुन जाने चलन रहेको छ ।  यसरी आफन्त साथिभाई भेटघाटमा जाँदा तामाङहरु ल्होछारला ज्याबाडान्बा र शेर्पा, तिब्बतीहरु ल्होसार टशिदेले भन्दै एकापसमा शुभकामाना आदानप्रदान गर्ने गर्दछन् । ल्होछारको लागि तयार पारिएको खाप्से र फलफुल धेरै दिनसम्म पनि आगन्तुक, आफन्त, पाहुनालाई प्रसाद र सत्कार स्वरुप खुवाउने चलन हुन्छ ।   ल्होछारको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो समुदायमात्र नभै अरु समुदायका साथिभाई, छिमेकीहरुलाई पनि निमण्त्रणा दिने र सबै मिलि पर्व मनाउने चलन बढ्दो छ ।  यसैलाई ध्यानमा दिई संघीय सरकार तथा स्थानीय निकायले सार्वजनिक विदा दिने समेत चलन छ ।   यस वर्ष विश्वव्यापी कोभिड महामारीको कारण ल्होछारमा बृहत सार्वजनिक कार्यक्रमहरु हुने छैनन् ।  तर सम्बन्धित समुदायले घरघरमा सुरक्षित तरिकाले ल्होछार मनाउने नै छन् ।  ल्होछार (नयाँ वर्ष) एवं बाघ वर्ष आगमनको शुभकामना । -लेखक अम्बर तामाङ

गुरुङ जातिको मुख्य पर्वः  तमु ल्होछार

ल्होछार नेपालमा विभिन्न जाति र समुदायहरूले फरक फरक समयमा मनाउँदै आएको एउटा पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सॉंस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको पाइन्छ । तर ल्होछार मान्ने जाति र समुदायहरूमा भने एकरूपता नभई फरक समय र नामले ल्होछार पर्व मनाउ‘दै आएका छन् । यही क्रममा गुरुङ जातिले पुस १५ गतेको दिन तमु ल्होछार  मनाउँदछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन सोनाम ल्होछार मनाउ‘दछन् । उता हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्

समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिने छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुद

उपराष्ट्पति पुनले दिए तमु ल्होसारको शुभकामना

१५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार (ल्होसार)२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा […]

तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको

गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा जाने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा पुग्ने भएका छन्। रेष्टुरेण्ट तथा बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँण पोखरा पुग्ने कार्यक्रम रहेको बताइएको छ।दिउँसो १ बजे कोमागाने पार्क लेक साइडमा खाँणले सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि गृहमन्त्री खाँणले दिउँसो २:३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्

तमु ल्होछार तस्बिरमा

गुरुङ समुदायको महान पर्व तमु ल्होछार /ल्होसार सनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ। काठमाण्डौँ उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् । विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल निकै मनमोहक देखिएको थियो। विशेष समारोहमा तमु समुदायका परम्परागत विभिन्न झाँकीहरु…

यसरी मनाइयाे तमु ल्होछार [फिटो फिचर] - Naya Patrika

गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।...पूरा पढ्नुहोस् »