भावना शर्मा -
झरीको गीत सुन्दै
जब यो शहर टेकेँ
अचानक खस्यो शिरमाथि बैजनी फूल
यसलाई म के मानौं
तिम्रो प्रेम वा ईश्वरको आशिष!
...
कुममा लत्रिएको झोलाभित्र
खुइलिएको खाम थियो
धमिलो सम्झनामा तिम्रै ठेगाना
बादलभित्र गुटमुटिएको बाफजस्तै
जुनको छातीमा टाँसिएको दागजस्तै
म भन्न सक्दिन
कहिलेदेखि तिमीलाई मुटुमा टाँसेर