काठमाडौं । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले रू. १३ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो । राष्ट्र बैंकले यही असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र आइतवार अर्थात असोज १४ गते बोलकबोल मार्फत बिक्री गरिनेछ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।
यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १५ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।
बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ११ अर्ब १३ करोड ५० लाख र रु. १ अर्ब ९६ करोड ५० लाख छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । सरकारले आइतबार फेरि आन्तरिक ऋण उठाउँदै छ । नयाँ ६ अर्ब र पुरानो २१ अर्ब १० करोड रुपैयाँ ऋणको नवीकरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोलमार्फत ३ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोलमार्फत ३ अर्ब गरी ६ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको […]
सरकारले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार १७ अर्ब १० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ । साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ । यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपै
नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आगामी असार १४ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल निष्काशन गर्ने भएको हो । बैंकका अनुसार कुल २६ अर्ब १० करोड रुपैयाँ मध्ये २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । इच्छुक खरिदकर्ताहरुले असार १३ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
‘सर्ट ट्रम लोन’ को रुपमा सरकारले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकका अनुसार भोलि अर्थात् पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्व (म्याचुरिटी) हुनेछ । इच्छुक लगानीकर्ताहरूले आज, पुस १९ गते दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्र
नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले भोलि मंगलबार न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुई प्रकृतिको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि १० करोड र १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।मंगलबार जारी हुने ट्रेजरीका लागि राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्न
कात्तिक २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्व हुनेछ ।
यसैगरी १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरिने छ ।उक्त ट्रेजरी बिल भने २०७९ साल वैशाख २७ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमवार दिउँसो २ बजे बोलकबोल भएर मंगलवार विक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि १२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार १२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो । बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि र ३ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिनको लागि बिक्री गर्न लागिएको हो । ९१ दिन अवधिको बिल आगामी पुस १३ गते परिपक्व हुने छ भने १८२ दिनको बिल आगामी चैत्र १५ गते परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ । आन्तरिक र वैदेशिक गरेर साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।यस्तै १० महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।यस्तै साउन...