७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो ।  सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ । साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ ।  यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपै

सम्बन्धित सामग्री

सोमबार बजारबाट ७ अर्ब १० करोड उठाउदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले साउन २३ गते सोमबार ७ अर्ब १० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यो पुरानो ट्रेजरी बिलको नवीकरण हो।  राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो  ।सोमबारको बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक ब्याज कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। राष्ट्र बैंकले यस अघि साउन १६  गते १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गरेको थियो । त्यस दिन बैंक तथा वित्तीय संस्थाले बढी ब्याज कबुल गरेपछि राष्ट्र बैंकले अधिकांश रकमको ट्रेजरी बिल आफै खरिद गरेको थियो । ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले यसो गरेको हो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

बजारबाट १० अर्ब १० करोड उठाउदै राष्ट्र बैंक, आज बोलकबोल

नेपाल राष्ट्र बैंकले आज सोमबार १० अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आज साउन १६ गते सोमबार १० अर्ब १० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल र १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यी दुवै पुरानो ट्रेजरी बिलको नवीकरण हुन्  ।  राष्ट्र बैंकले यस अघि जारी गरिएका ट्रेजरी बिल नवीकरण गर्न लागेको हो  ।सोमबारको बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक ब्याज कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। राष्ट्र बैंकले यस अघि साउन ९ गते ५ अर्ब ६० करोडको ट्रेजरी बिल बोलकबोल गरेको थियो । के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

बजारबाट आज २२ अर्ब उठाउदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्ने चिन्ता

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले आज सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि,  ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र  ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि  बिक्री गर्न लागिएको हो  ।३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो । २८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते  परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । आन्तरिक ऋण उठाउने तालिकानेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गर्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएँन भने दोस्रो त्रैमासमा ६ अर्ब मात्र आन्तरिक ऋण उठाएको थियो । अब भने राष्ट्र बैंकले बाँकि २ त्रैमासमा गरि २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले  ल्याएको बजेटमा  २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरिएकोमा अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋणको लक्ष्य घटाएर २ खर्ब ३९ अर्ब रुपैयाँ कायम गरेका हुन् ।राष्ट्र बैंकले नेपाल सरकारको लागि स्रोत जुटाउन आन्तरिक ऋणपत्र निष्काशन गर्ने गर्दछ । तर यस वर्ष तरलता अभाव भएकै कारण राष्ट्र बैंकले हालसम्म ठूलो मात्रमा आन्तरिक ऋण उठाएको थिएँन् । ठूलो रकममा आन्तरिक ऋण उठाउने भएपछि तरलताको समस्या बढ्न सक्ने विश्लेषकहरु बताउछन् ।

६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

कात्तिक २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्व हुनेछ । यसैगरी १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरिने छ ।उक्त ट्रेजरी बिल भने २०७९ साल वैशाख २७ गते परिपक्व हुनेछ ।   राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमवार दिउँसो २ बजे बोलकबोल भएर मंगलवार विक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

१ वर्षमा करीब १ खर्ब ऋण भुक्तानी

काठमाडौं । सरकारले एकै आर्थिक वर्षमा सार्वजनिक ऋणको करीब १ खर्ब बराबरको किस्ता तिरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सरकारले साँवा र ब्याज गरी कुल ९५ अर्ब १ करोड २२ लाख भुक्तानी गरेको हो । कुल भुक्तानीमध्ये साँवा भुक्तानीमा ६३ दशमलव ३३ प्रतिशत अर्थात् रू. ६० अर्ब १६ करोड ९७ लाख भुक्तानी भएको छ । आन्तरिक ऋणको साँवामा ३८ दशमलव ८४ प्रतिशत अर्थात् रू. ३६ अर्ब ९० करोड ११ लाख र वैदेशिक ऋणको साँवामा २४ दशमलव ४९ प्रतिशत अर्थात् रू. २३ अर्ब २६ करोड ८६ लाख भुक्तानी भएको छ । कुल ऋणको ३६ दशमलव ४५ प्रतिशत अर्थात् रू. ३४ अर्ब ६३ करोड ४० लाख ब्याज भुक्तानी भएको छ । यसमध्ये आन्तरिक ऋणको ब्याजमा २९ दशमलव ९५ प्रतिशत अर्थात् रू. २८ अर्ब ४६ करोड ६ लाख र वैदेशिक ऋणको ब्याजमा ६ दशमलव ५ प्रतिशत अर्थात् रू. ६ अर्ब १७ करोड ३५ लाख भुक्तानी भएको छ । त्यसैगरी प्रतिबद्घता शुल्कतर्पm शून्य दशमलव १० प्रतिशत अर्थात् रू. १० करोड १० लाख र राष्ट्र बैंक कमिशनतर्पm शून्य दशमलव ११ प्रतिशत अर्थात् रू. १० करोड रू. ७४ लाख भुक्तानी भएको सरकारले बिहीवार सार्वजनिक गरेको ‘नेपाल सरकारको ऋण दायित्वको वार्षिक प्रतिवेदन’ ले देखाउँछ । नयाँ तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३८ दशमलव ५ प्रतिशत थियो । गत असार मसान्तसम्ममा नेपालको कुल ऋण दायित्व १७ खर्ब ३७ अर्ब ८ करोड ८७ लाख रुपैयाँ बराबर देखिन्छ । सार्वजनिक प्रतिवेदनअनुसार नेपालको जीडीपी आकार ४२ खर्ब ६६ अर्ब ३२ करोडलाई आधार मान्दा सार्वजनिक ऋण ४० दशमलव ७२ प्रतिशत पुगेको देखिएको हो । अहिले सरकारको कुल ऋण दायित्वमध्ये आन्तरिक ऋण ८ खर्ब २ अर्ब ९४ करोड १६ लाख र वैदेशिक ऋणतर्पm ९ खर्ब ३४ अर्ब १४ करोड ९१ लाख रुपैयाँ बराबर छ । कुल गार्हस्थ्य उत्पादनमा गत आर्थिक वर्षमा भुक्तानी भएको ऋण अनुपात २ दशमलव २३ प्रतिशत बराबर हुन जान्छ । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण ३ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरले बढेको प्रतिवेदनले देखाएको छ । वैदेशिक ऋण दायित्व आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा १५ दशमलव ८८ प्रतिशत बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालको कुल ऋण दायित्वमा बा≈य ऋणको दायित्व ९ खर्ब ३४ अर्ब १४ करोड र आन्तरिक ऋणको दायित्व ८ खर्ब २ खर्ब ९४ करोड रुपैयाँ बराबर छ ।

सरकारका लागि १२ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि १२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार १२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो । बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि र ३ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिनको लागि  बिक्री गर्न लागिएको हो  । ९१ दिन अवधिको बिल आगामी पुस १३ गते परिपक्व हुने छ भने १८२ दिनको बिल आगामी चैत्र १५ गते परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।