सरकारले विकास ऋणपत्रमार्फत १३ अर्ब आन्तरिक ऋण उठाउने, आइतवार बोलकबोल

काठमाडौं । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले रू. १३ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो । राष्ट्र बैंकले यही असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र आइतवार अर्थात असोज १४ गते बोलकबोल मार्फत बिक्री गरिनेछ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १५ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ११ अर्ब १३ करोड ५० लाख र रु. १ अर्ब ९६ करोड ५० लाख छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।  अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।  

सम्बन्धित सामग्री

७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१८ मंसिर, काठमाडौं । नेपाल सरकारले १९ मंसिरमा ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र २०८८‘च’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक […]

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

५ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत […]

असोजभित्रै ४० प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार

२४ असोज, काठमाडौं । सरकारले सस्तो ब्याजदरको फाइदा उठाउँदै पहिलो त्रैमासमा नै करिब १ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । विगतका आर्थिक वर्षमा दोस्रो त्रैमासपछि मात्रै आन्तरिक ऋण उठाउने गरेकोमा चालु आर्थिक वर्षम भने सरकारले पहिलो त्रैमासदेखि नै धमाधम आन्तरिक ऋण उठाइरहेको छ । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघिय संसदमा पेश गरेको […]

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१७ असोज, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १८ साउन बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १८ असोजमा र निष्कासन १९ असोजमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

सरकारले पहिलो त्रैमासमै किन उठाउन लाग्यो ८० अर्ब आन्तरिक ऋण ?

११ असोज, काठमाडौं । सरकारले यसअघिको ऋण तालिका संशोधन गरेर पहिलो त्रैमासमै ठूलो मात्रामा आन्तरिक ऋण उठाउन लागेको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । तर, त्यसमा परिमार्जन गर्दै यो त्रैमासमै ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी सरकारले गरेको छ । त्यसमध्ये नेपाल राष्ट्र […]

१० अर्ब आन्तरिक ऋण उठाइँदै

८ भदौ, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २८ साउनमा र निष्कासन ११ भदौमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

पुसपछि २२६ अर्ब आन्तरिक ऋण उठाइँदै

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासमा भने ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यस्तै तेस्रो त्रैमासमा […]

आन्तरिक ऋण लिने सीमा राख्नुपर्छ : नेता पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् ।शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रुपमा बढेकोले सीमा राख्नुपर्ने उनले बताए । उनले विगतमा मुलुकको कुल गार्हस्थ्य उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशत भन्दा बढी पुगेको बताए । सांसद पुनले आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताए । उनले वैदेशिक ऋण

साढे ४६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले यही माघ महिनाभित्र ४६ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जसका लागि अहिले नेपाल राष्ट बैंकको मौद्रिक व्यवस्थापन विभागले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत यही माघमा १७ अर्ब र विकास ऋणपत्र मार्फत द्द९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।  आगामी १० माघमा २८ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपैयाँ, १७ माघमा ९१ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपैयाँ र आगामी २४ माघमा ९१ दिने ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ गरी १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउ...

प्रदेशमा आन्तरिक ऋण उठाउन कानुन अभाव

प्रदेशहरूले कानुन अभावमा आन्तरिक ऋण उठाउन सकेका छैनन् । केही प्रदेशले चालू आर्थिक वर्षसहित तीन वटा आवमा आन्तरिक ऋण बजेटमा प्रस्ताव गरे पनि कानुन अभावका कारण उठाउन पाएका छैनन् ।आन्तरिक ऋण परिचालन गर्ने कानुन नरहेकाले प्रदेशहरूले आन्तरिक ऋण उठाउन नसकेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मीले बताए । संघीय कानुनको स्पष्ट […]