सरकारका लागि १२ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि १२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार १२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो । बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि र ३ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिनको लागि  बिक्री गर्न लागिएको हो  । ९१ दिन अवधिको बिल आगामी पुस १३ गते परिपक्व हुने छ भने १८२ दिनको बिल आगामी चैत्र १५ गते परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 

सम्बन्धित सामग्री

विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै

२४ माघ, काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २५ माघ बिहीबार ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत ८ अर्ब आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन […]

४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, १५ अर्ब ५० करोड नवीकरण हुने

काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । सोमबार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले […]

७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१८ मंसिर, काठमाडौं । नेपाल सरकारले १९ मंसिरमा ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र २०८८‘च’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक […]

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

५ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत […]

सरकारले २ अर्ब आन्तरिक ऋण उठाउँदै

७ जेठ, काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने जनाएको छ । सोमबार कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल […]

कर्मचारीलाई तलब खुवाउन २० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने सरकारकाे तयारी

काठमाडौं । सरकारले कर्मचारीलाई तलब खुवाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पर्याप्त पैसा नभएर अवकाश भएका कर्मचारीको पेन्सन पनि रोकिएको हाे । सरकारले नेपाल राष्ट्र बैंक मार्फत २० अर्ब रूपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो । सरकारले यस बाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्दैछ […]

विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५ वर्ष अवधिको ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । विकास ऋणपत्र २०८४ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल […]

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो । एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ माघ १७ गते परिपक्‍व हुने जनाएको छ । यद्यपि, ऋणपत्रको ब्याज भने लगानीकर्ताहरूले छ÷छ महिना अर्थात् अर्धवार्षिक रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्त

थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सर्वसाधारणसँग बोलकबोल माग गरेको छ ।