सरकारले लियो एक खर्ब ८० अर्ब रुपैयाँ ऋण

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ । आन्तरिक र वैदेशिक गरेर साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ ।यस्तै १० महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।यस्तै साउन...