नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वमा सहकार्य हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य लामो जाने उहाँको भनाइ छ ।