नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पराजुलीले आइतबारदेखि सिनियर डीसीइओको कार्यभार सम्हालेका हुन् ।पराजुलीले आफ्ना विगतका अनुभवलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने बताए । उनी यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।