काठमाडौं - ३२ मा एमालेका पराजुली निर्वाचित

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।