नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् । प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएका