काठमाडौं, १ असोज । नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता कुबेर कडायतले नैतिक शिक्षाको कमीले समाजमा अपराध बढिरहेको बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय नैतिक शिक्षाको कमी, जीवनोपयोगी शिक्षाको कमी, मानिसमा छिट्टै धनी हुने लालसा लगायतका कारणले समाजमा अपराध बढिरहेको बताएका हुन् […]