काठमाण्डाै – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयबाट हिजाे मंगलबार भिडियो सम्मेलनद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभ...