शुक्रबार मध्यरात जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएयता मात्र ४ सय ३९ पटक परकम्प गएका छन् । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसमध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको छ । जसमा सबैभन्दा ठूलो परकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको थियो ।