बझाङमा रोकिएको छैन परकम्प

काठमाडौं : बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान  ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम