बझाङमा फेरि गयो भूकम्पको परकम्प

२५ असोज, मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत […]

सम्बन्धित सामग्री

रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

२० असोज, काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प  गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी […]

बझाङमा भिरबाट लडेर एक जनाकाे ज्यान गयो

बजाङ - बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हाे । आफन्त चक्रबहादुर बोहाेराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उहाँको हलेलीको भिरबाट लडेर ज्यान गएको हो । हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको  छ । घरमा ७३ वर्षकी आमा गदिदेवि बोहाेरा बिरामी परेको खबर पाएपछि जेठारा यार्सा टिप्न छोडेर घर फर्कँदै हुनुहुन्थ्यो । यार्सा सङ्कलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिकाका ६ जनाले ज्यान गुमाएक...

बझाङमा जीप दुर्घटना - ७ जनाको ज्यान गयो, घाइते धेरैको अवस्था चिन्ताजनक

बझाङ – बझाङमा आज बुधवार दिउँसाे भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड ...

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

काठमाडौँ,१६ भदौ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर […]

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए नभएको विवरण […]

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज  बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बझाङमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, ८ जना घाइते

बझाङ - बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।   नेपाली कांग्रेसका जिल्ला सभापति खडकबहादुर बोहरा र उहाँको परिवार चढेको जीप दुर्घटना हुँदा बोहराका २७ वर्षका छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा बोहराकै बुहारी १९ वर्षीया अन्जुदेवि घाइते हुनुभएको छ । उहाँको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ । दुर्घटनामा जिल्ला सभापति बोहरासहित उहाँका कान्छा छोरा २५ वर्षका पारसबहादुर बोहरा, सुर्मा गाउँपाल...

बझाङमा खोलाले बगाउँदा बालिकाको ज्यान गयो

बझाङ - बझाङमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो । यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ । हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो । केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए ।

बझाङमा भूकम्प गयो, बैतडीमा उद्धार अभ्यास !

बिहीबार विहान बैतडीमा २२ औं राष्ट्रिय भूकम्प दिवस मनाउने तयारी गरिरहेका बेला बझाङमा भूकम्प गएको छ । बैतडीमा पूर्व अभ्यास गरेर भूकम्प दिवस बनाउने तयारी गरिरहेका बेला संयोगले बिहीबार बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

बझाङमा गयो नयाँ भूकम्प

बझाङमा मंगलबार बिहान नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा  ४ दशमलभ ९ रेक्टर स्केल मापन गरिएको  भूकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो। मापन केन्द्रले यो परकम्प नभई नयाँ भूकम्प रहेको बताएको छ। भूकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । यसअघि हिजो मात्रै दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६…