गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।  यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...

सम्बन्धित सामग्री

अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् ...