दोलखामा ३  दशमलव ७ रेक्टर स्केलको परकम्प

काठमाण्डाै - दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३  दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो । यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

बझाङमा परकम्प

बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ

बझाङमा फेरि गयो भूकम्पको परकम्प

२५ असोज, मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत […]

बझाङमा रोकिएको छैन परकम्प

काठमाडौं : बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान  ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम

मङ्गलबारको भूकम्पपछि सुदूरपश्चिममा ४ सय बढी परकम्प

धनगढी, कात्तिक २७ । गत मङ्गलवार राति गएको भूकम्पपछि सुदूरपश्चिममा चार सय बढी परकम्प गएको छ। मङ्गलवारयता प्रदेशमा लगातारजसो परकम्प गइरहेको हो। मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। […]

डोटी भूकम्पपछि ३ सय बढी परकम्प : के सङ्केत गर्छ ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ । कार्तिक २२ गते डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो, ५ जना घाइते भए । डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण केही कच्ची घरहरू भत्किए । मध्यम स्तरको भूकम्प गएका कारण ठुलो मानवीय तथा भौति

नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको परकम्प

काठमाण्डौ –  (अपडेट) नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ । २०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाण्डाै - सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

लमजुङको भुलभुलेमा आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

काठमाण्डाै - लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो । त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहा...

गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।  यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...