क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमति भएको छ ।कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले बिहीबार बिहान हस्ताक्षर गरे । […]