हुम्लामा औपचारिक रुपमा सञ्चालन भयो कपडा बैंक

सिमकोट- जिल्ला पहिलो पटक स्थापना गरिएको कपडा बैंकको औपचारिक रूपमा स्थपान गरिएको छ। उक्त बैंकको उद्घाटन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अनौपचारिक रुपमा सञ्चालन भएको एक कार्यक्रममा गरिएको हो। नि:शुल्क रुपमा प्रयोग गर्न सकिने गरी कपडा बैंक स्थापना गरिएको छ‍। न्यून आयश्रोत भएका सेवाग्राहीहरूले आवश्यक पर्ने कपडा प्रगोय गर्न पाउने गरी सदरमुकाम सिमकोटमा उक्त बैंक […]

सम्बन्धित सामग्री

बुढानिलकण्ठ नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालले कपडा बैंक सञ्चालन गर्ने

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्न सम्झौता भएको छ । बुढानिलकण्ठ गरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच कपडा बैंक सञ्चालन गर्ने विषयमा संझौता भएको हो । बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले देशै भरी सञ्चालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफागर्नुको साथै साच्चिकै आवश्यक व्यक्तीलाई कपडा […]

काठमाडौंमा क्लोथ बैंक सञ्चालन, राजेश हमालले गरे उद्घाटन

काठमाडौं । काठमाडौंमा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार टोखा नगरपालिकाको प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै महानायक राजेश हमालले यो पुन्य कार्य रहेको बताए । मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी […]

व्यापार मेलामा ४ करोडको कारोबार

जनकपुरधाम । स्वदेशी उत्पादनलाई स्थानीय स्तरमा पुर्‍याउन जनकपुर वाणिज्य संघले आयोजना गरेको जनकपुरधाम अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा सञ्चालन भएको थियो । मेलामा स्वदेशी र विदेशी उत्पादनका १४० स्टल थिए । मेलामा विभिन्न बैंक, वित्तीय संस्था तथा व्यापारीका गरी १०० ओटा स्टल मात्र भाडामा दिइएको थियो । मेलामा चारपांग्रे सवारीसाधन, इ–रिक्सा, ट्याक्टर, आँटा, बेसन, कपडा, मिथिला आर्टलगायत भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित सामानका स्टल रहेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । मेलामा जनकपुरधाम नगरभित्रका १२ उद्योगबाट उत्पादित सामान स्टलमार्फत विक्री वितरण भएको पनि उनले जानकारी दिए । मेलामा करीब ४ करोड रुपैयाँको कारोबार भएको महासेठले जानकारी गराए । उनका अनुसार मेला सञ्चालन गर्दा ४५ लाख रुपैयाँ बराबर खर्च भएको छ । मेला आयोजनाका लागि मधेश प्रदेशको उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, जनकपुर बृहत्तर विकास परिषद् र संघले आर्थिक सहयोग गरेको उनले बताए ।

बजार प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै

धरान । सुस्ताउँदै गएको धरानको बजारलाई प्रवर्द्धन गर्न सुनसरी उद्योग वाणिज्य संघले १० दिने ‘धरान एक्स्पो–२०७९’ आयोजना गर्ने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउने तथा उपभोक्तालाई स्थानीयदेखि अन्तरराष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एक्स्पो धरान–१६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदै छ । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्त, तयारी कपडा र घरेलु सामानका ७० स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । धरानले अन्तरराष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको उनले बताए । एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको बताए । दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानबाट समेत व्यवसायी आउने जानकारी उनले दिए । एक्स्पो अवधिभर विभिन्न गोष्ठी आयोजना हुने उनले बताए । ‘फागुन १३ मा स्वरोजगार गोष्ठी आयोजना गरिनेछ,’ उनले भने, ‘धरानका होटल, टेम्पो, बस व्यवसायीलाई समेत समेटेर पर्यटन गोष्ठी गरिनेछ, खानेपानी समस्या समाधानको विषयमा पनि गोष्ठीमार्फत छलफल गर्छौं ।’

महालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा वितरण

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस बैंककोे पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्रछात्रालाई ज्याकेट वितरण गरेको छ। […]

बैंक तथा वित्तीय संस्थाको सीएसआर सम्बन्धी मार्गदर्शन तयार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब दिगो विकास लक्ष्य २०१६–२०३० पहिचान गरेका क्षेत्रहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी गतिविधि गर्न पाउने भएका छन् । साथै, विश्व सम्पदा र मानवीय सहयोग तथा राहत क्षेत्रमा पनि सीएसआरको गतिविधि गर्न पाइने प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमवार संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गरको छ । सोही मस्यौदामा शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लगायत क्षेत्रमा सीएसआरका गतिविधि गर्नुपर्ने प्रस्ताव गरिएको हो । राष्ट्र बैंकले सरोकारवालाहरूको सुझावका लागि उक्त मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको हो । सरोकारवालाहरूले ३५ दिनभित्र दिएको सुझावको आधारमा उक्त मस्यौदा आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकको भनाइ छ । शिक्षा अन्तर्गत संस्थागत विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने बताइएको छ । साथै, विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनर्निर्माणमा पनि सीएसआर बापतको खर्च गर्न सकिने प्रस्ताव गरिएको छ । यसका अलावा विद्यालय तथा कलेजलाई कम्प्युटर, प्रोजेक्टर, स्मार्ट बोर्ड, ह्वाइट/ब्ल्याक बोर्ड, पुस्तक लगायत शैक्षिक तथा फर्निचर सामग्री पनि दिन सकिने प्रस्ताव गरिएको छ । तर, निजीक्षेत्रका विद्यालय तथा कलेजमा सीएसआर गतिविधि गर्न नपाइने मस्यौदामा उल्लेख छ । यस्तै, स्वास्थ्य क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपकरण, औषधि लगायत सामग्री तथा उपकरण दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । स्वास्थ्य संस्थाहरूमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायत आधारभूत स्वास्थ्य तथा सरसफाइ सामग्री पनि बनाउन सकिने बताइएको छ । न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य, निम्न वर्गका अपांगता भएका व्यक्तिलाई आवश्यक हुने वैशाखी, ह्वीलचियर, मेडिकल बेड जस्ता जीवनोपयोगी सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यसैगरी ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन पनि गर्न सकिने बताइएको छ । मानवीय सहयोग तथा राहत अन्तर्गत भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी लगायत प्राकृतिक विपत्तिका पीडितलाई वितरण गरिने लत्ता कपडा, खाद्यान्न, औषधि, टेन्ट, भाँडा लगायत बन्दोबस्तीका सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । कुपोषण भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न पाइने प्रस्ताव गरिएको छ । वातावरणीय क्षेत्र अन्तर्गत सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा वृक्षरोपण गर्न सकिनेछ । साथै, सार्वजनिक स्थलमा राखिने वातावरण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री पनि राख्न सक्नेछन् । यसका अलावा वित्तीय साक्षरता सम्बन्धी कार्य गर्दा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यस्तै, ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतीक्षालय, सडक बत्ती, सार्वजनिक शौचालय लगायतको निर्माण, पुनर्निर्माण तथा संरक्षणमा गरिने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यस्तै, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, कार्यरत कर्मचारीका लागि महामारीजन्य रोगबाट सुरक्षित राख्न, रोकथाम गर्न तथा उपचार गर्दा लाग्ने खर्च पनि सीएसआरमा नै राख्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक आवको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट सीएसआर कोषमा जम्मा भएको न्यूनतम ६० प्रतिशत रकम चालू आवमै खर्च गर्नुपर्नेछ । कारणवश ४० प्रतिशत रकम खर्च नभएमा आगामी आर्थिक वर्षमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा एउटा सीएसआर सम्बन्धी कार्यमा ५ प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाइने बताइएको छ ।

नेपाल बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) विसं १९९४ कात्तिक ३० गते स्थापना भएको मुलुककै जेठो बैंक नेपाल बैंकले बुधबार ८५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा बैंकको भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, कर्मचारी तथा ग्राहक गरी १०४ जनाले रक्तदान गरे । नेपाल बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौंको सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, सरसफाइ, शैक्षिक, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न सामुदायिक हित संरक्षणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने र सामाजिक कार्यमा संलग्न संस्थालाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ । बैंकले वार्षिकोत्सव अवसरमा प्रादेशिक कार्यालय प्रदेश १ अन्तर्गत सुनसरीको इटहरी उपमहानगर–१४ स्थित पार्वती माध्यमिमक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिल दराज वितरण गरेको छ । यस्तै, मोरङको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिर दर्शनमा आउने भक्तजनको सुविधाका लागि १०० थान प्लास्टिक कुर्र्सी, प्रादेशिक कार्यालय प्रदेश २ अन्तर्गत वीरगञ्ज महानगरमा अवस्थित मानवसेवा आश्रममा आश्रितका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाक सुट र खाद्य सामग्री वितरण गरेको छ । बैंकले पर्साको लक्ष्मी गाउँपलिकामा रहेको दलित बस्तीका २५३ परिवारलाई जाडोका कपडा कम्बल वितरण गर्नुका साथै प्रादेशिक कार्यालय गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगर–१७ बिरौटा र वडा–२५ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितका लागि न्याना कपडा वितरण गरेको छ । बैंकले प्रादेशिक कार्यालय लुम्बिनी प्रदेशअन्तर्गत बुटवल उपमहानगरमा रहेको मानवसेवा आश्रममा आश्रितका लागि खाद्यान्न सामग्री वितरण, प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी उपमहानगरस्थित दृष्टि धनगढीलाई लोबेड, बेडिङ र बालबालिकका लागि न्यानो कपडा वितरण गरेको जनाएको छ । यस्तै, धनगढीस्थित माानवसेवा आश्रम धनगढीका आश्रितलाई खाद्य सामग्री वितरण, कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्याना कपडा वितरण गरिएको बैंकले बताएको छ । कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले प्रशंसापत्र वितरण गरेका थिए ।