व्यापार मेलामा ४ करोडको कारोबार

जनकपुरधाम । स्वदेशी उत्पादनलाई स्थानीय स्तरमा पुर्‍याउन जनकपुर वाणिज्य संघले आयोजना गरेको जनकपुरधाम अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा सञ्चालन भएको थियो । मेलामा स्वदेशी र विदेशी उत्पादनका १४० स्टल थिए । मेलामा विभिन्न बैंक, वित्तीय संस्था तथा व्यापारीका गरी १०० ओटा स्टल मात्र भाडामा दिइएको थियो । मेलामा चारपांग्रे सवारीसाधन, इ–रिक्सा, ट्याक्टर, आँटा, बेसन, कपडा, मिथिला आर्टलगायत भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित सामानका स्टल रहेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । मेलामा जनकपुरधाम नगरभित्रका १२ उद्योगबाट उत्पादित सामान स्टलमार्फत विक्री वितरण भएको पनि उनले जानकारी दिए । मेलामा करीब ४ करोड रुपैयाँको कारोबार भएको महासेठले जानकारी गराए । उनका अनुसार मेला सञ्चालन गर्दा ४५ लाख रुपैयाँ बराबर खर्च भएको छ । मेला आयोजनाका लागि मधेश प्रदेशको उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, जनकपुर बृहत्तर विकास परिषद् र संघले आर्थिक सहयोग गरेको उनले बताए ।

सम्बन्धित सामग्री

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

काठमाडौँ,२६ मँसिर । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो । मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।...

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको जनाइएको छ।...

सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा ५ करोडको कारोबार

नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक

भक्तपुरको मेलामा डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागिरहेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको पनि उनले बताए । मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई  ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।   यही चैत २४ देखि शुरू भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । मेलामा २ सयभन्दा बढी कक्ष राखिएको आयोजकले जानकारी दिएको छ । मेलामा ८ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले मेला आयोजना गरेका हुन् । कोरोना महामारीका कारण लामो समय रोकिएका व्यापार मेला तथा प्रदर्शनीहरू विस्तारै लयमा फर्किन थालेका छन् ।  रासस

भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म सो रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए […]

भक्तपुर औद्योगिक तथा व्यापार मेला: पाँंचौं दिनसम्ममा एक करोडको कारोबार

भक्तपुरको सल्लाघारीमा भइरहेको भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक कारोडको कारोबार भएको जनाएको छ।...

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार

नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ ।      मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ ।     मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी

बुटवलको व्यापार मेलामा ३० करोडको कारोबार

बुटवल, १९ पुस । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ […]

हस्तकला मेलामा आठ करोडको कारोबार

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिने मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।मेला समापन कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन […]