१६ औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकद्वारा एकैसाथ ३२ ओटा शाखाको उद्घाटन

पुस १९, काठमाडौं । मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ ओटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ ।  बैंकले प्रदेश नं १ मा ४ ओटा, प्रदेश नं २ मा ३ ओटा, बाग्मती प्रदेशमा १३ ओटा, गण्डकी प्रदेशमा २ ओटा , लुम्बिनी प्रदेशमा ५ ओटा र सुद्धरपश्चिम प्रदेशमा २ ओटा शाखा कार्यालयहरुको औपचारीक रुपमा शाखा उद्घाटन गरेको हो ।  उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका हुन् । उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय, कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको बैंकले जानकारी दिएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटकर्वमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।...

मुक्तिनाथ विकास बैंक चौथो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७८/०७९ का लागि ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ।

मुक्तिनाथ विकास बैंक पुरस्कृत

मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ […]

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरेका […]

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ...

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सको वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२१  अन्तर्गत बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको हो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा बैंकलाई छनोट गरेको हो। उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्ल

मुक्तिनाथ विकास बैंक तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ। स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ।सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । […]

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ […]

मुक्तिनाथ विकास बैंक र महेन्द्रनारायण निधि अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई छुट उपलब्ध गराउन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ ।  सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल...