मारवाडी समुदायकी नुतनले बेरोजगार महिलालाई बनाउँदैछिन् आत्मनिर्भर, कागजबाट घरमै आम्दानीको अवसर

वीरगंज : वीरगंजकी मारवाडी समुदायकी नुतन सरावगी अहिले समाजिक क्षेत्रमा पूर्ण रुपमा सक्रिय छिन्। ‘वुमन क्रियसन’ संस्थाकी अध्यक्ष समेत रहेकी नुतन वीरगंजमा कपडा बैंक स्थापनादेखि विभिन्न क्षेत्रमा सीपमूलक तालिम पनि सञ्चालन गरी रोजगारी सिर्जना गर्ने दिशामा अघि बढेकी छिन्। ‘वुमन क्रियसन’ जस्तै वीरगंजका अन्य संस्थाका सक्रिय समाजिक अभियन्ताले गठन

सम्बन्धित सामग्री

आम्दानीको स्रोत बन्दै ‘ढटेलो’

जंगलमा पर्याप्त भेटिने काँडेदार बिरुवा ढटेलो पछिल्लो समय स्थानीयको आम्दानीको स्रोत बनेको छ । ढटेलोको दानाभित्रको बियाँबाट तेल निकाल्न सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । राम्रै भाउमा सहजै बिक्री हुन थालेपछि यहाँका महिलालाई ढटेलो संकलन गर्न भ्याइनभ्याइ छ ।

न्यून आय भएका महिलालाई ब्युटिसियन तालीम

चितवन। भरतपुरमा न्यून आय भएका महिलालाई लक्षित गरी ४५दिने ब्युटिसियन तालीम शुरू गरिएको छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिका–१ को संयुक्त आयोजनामा आइतवारदेखि तालीम शुरू गरिएको हो । भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले महिलाले शीप सिकेर आत्मनिर्भर बन्दा महिला हिंसामा समेत कमी आउने बताए । ‘तालीमबाट सिकेपछि यसलाई आम्दानीको क्षेत्रमा लैजानुपर्छ, यसले महिलालाई आत्मनिर्भर उद्यमी बन्न प्रेरणा मिल्छ,’ उनले भने । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशीलता विकासका लागि संघले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको बताए । सौन्दर्यकला व्यवसाय आफै आत्मनिर्भर र स्वरोगजारमूलक व्यवसाय हुनुका साथै मानव स्वास्थ्यसँग पनि सम्बन्धित भएकोले यसलाई थप व्यावसायिक र उत्तरदायी बनाउनुपर्ने सुवेदीको भनाइ थियो । कार्यक्रममा तालीमको मुख्य प्रशिक्षक योगिता पियाले तालीमका बारेमा जानकारी गराउँदै तालीमबाट सिकेको शीपलाई आर्थिक उत्पादनमा जोड्न निरन्तर प्रयास गर्नुपर्ने बताइन् । उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधानले तालीमका सहभागीलाई आत्मनिर्भर बनाउन संघले साथ दिने बताए ।

एकल महिलालाई वडाको साथ र सहयाेग

उर्लाबारी- विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै […]

साँझ विहानको समयमा ढाका बुनेर स्वरोजगार

ढाका कपडाका लागि चर्चित पाल्पाकाा महिलाहरुका लागि फुर्सदको समयमा ढाका बुनेर राम्रो आम्दानीको स्रोत बनिरहेको छ । ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार …

पाल्पा ढाकाको राजधानीको रुपमा घोषित

चैत १३, पाल्पा । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।  तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे । सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ । सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनु पर्नेमा जोड दिए । तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।  संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए । ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भने । गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जानकारी दिइएको छ ।  बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।  तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए । पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो । भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका संका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्राण्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरीदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ । ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । स्व गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छन् ।  पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरीद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करीब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।  बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करीब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । रासस

फोहोरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ । नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहर’ बनाउने अभियान अनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् । ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्नेगरी सहभागी गराएर तालिम प्रदान गरेको हो । नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उनको भनाइ छ । तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिक रूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा विक्री गरेर आम्दानी गर्न सकिनेछ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै महिलाहरूले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताइन् । नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले बताए । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषिउपज तथा फलफूलको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन् । रासस

फोहरबाट कमाइ गर्दै नमोबुद्धका महिला

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ ।  नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लास्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् । ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगर...

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन - Purbeli News

खोटाङ / हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् । स्थानीय महिलालाई आर्थिकरूपमा...