बैंक तथा वित्तीय संस्थाको सीएसआर सम्बन्धी मार्गदर्शन तयार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब दिगो विकास लक्ष्य २०१६–२०३० पहिचान गरेका क्षेत्रहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी गतिविधि गर्न पाउने भएका छन् । साथै, विश्व सम्पदा र मानवीय सहयोग तथा राहत क्षेत्रमा पनि सीएसआरको गतिविधि गर्न पाइने प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमवार संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गरको छ । सोही मस्यौदामा शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लगायत क्षेत्रमा सीएसआरका गतिविधि गर्नुपर्ने प्रस्ताव गरिएको हो । राष्ट्र बैंकले सरोकारवालाहरूको सुझावका लागि उक्त मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको हो । सरोकारवालाहरूले ३५ दिनभित्र दिएको सुझावको आधारमा उक्त मस्यौदा आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकको भनाइ छ । शिक्षा अन्तर्गत संस्थागत विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने बताइएको छ । साथै, विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनर्निर्माणमा पनि सीएसआर बापतको खर्च गर्न सकिने प्रस्ताव गरिएको छ । यसका अलावा विद्यालय तथा कलेजलाई कम्प्युटर, प्रोजेक्टर, स्मार्ट बोर्ड, ह्वाइट/ब्ल्याक बोर्ड, पुस्तक लगायत शैक्षिक तथा फर्निचर सामग्री पनि दिन सकिने प्रस्ताव गरिएको छ । तर, निजीक्षेत्रका विद्यालय तथा कलेजमा सीएसआर गतिविधि गर्न नपाइने मस्यौदामा उल्लेख छ । यस्तै, स्वास्थ्य क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपकरण, औषधि लगायत सामग्री तथा उपकरण दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । स्वास्थ्य संस्थाहरूमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायत आधारभूत स्वास्थ्य तथा सरसफाइ सामग्री पनि बनाउन सकिने बताइएको छ । न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य, निम्न वर्गका अपांगता भएका व्यक्तिलाई आवश्यक हुने वैशाखी, ह्वीलचियर, मेडिकल बेड जस्ता जीवनोपयोगी सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यसैगरी ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन पनि गर्न सकिने बताइएको छ । मानवीय सहयोग तथा राहत अन्तर्गत भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी लगायत प्राकृतिक विपत्तिका पीडितलाई वितरण गरिने लत्ता कपडा, खाद्यान्न, औषधि, टेन्ट, भाँडा लगायत बन्दोबस्तीका सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । कुपोषण भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न पाइने प्रस्ताव गरिएको छ । वातावरणीय क्षेत्र अन्तर्गत सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा वृक्षरोपण गर्न सकिनेछ । साथै, सार्वजनिक स्थलमा राखिने वातावरण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री पनि राख्न सक्नेछन् । यसका अलावा वित्तीय साक्षरता सम्बन्धी कार्य गर्दा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यस्तै, ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतीक्षालय, सडक बत्ती, सार्वजनिक शौचालय लगायतको निर्माण, पुनर्निर्माण तथा संरक्षणमा गरिने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यस्तै, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, कार्यरत कर्मचारीका लागि महामारीजन्य रोगबाट सुरक्षित राख्न, रोकथाम गर्न तथा उपचार गर्दा लाग्ने खर्च पनि सीएसआरमा नै राख्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक आवको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट सीएसआर कोषमा जम्मा भएको न्यूनतम ६० प्रतिशत रकम चालू आवमै खर्च गर्नुपर्नेछ । कारणवश ४० प्रतिशत रकम खर्च नभएमा आगामी आर्थिक वर्षमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा एउटा सीएसआर सम्बन्धी कार्यमा ५ प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाइने बताइएको छ ।

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्द्रीय...

अत्यावश्यक सेवाका लागि शाेककाे बिदा छैन, बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौँ – सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेकाले बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ। नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक […]

बैंक तथा वित्तीय संस्था परिसंघले स्वागल गर्‍यो मौद्रिक नीतिको स्वागत

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । संस्थाले मंगलबार मौद्रिक नीतिबारे औपचारी धारणा सार्वजनिक गर्दै कार्यान्वन भने चुनौतिपूर्ण रहेको पनि जनाएको छ । नीतिमा उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए […]

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

२२९ बैंक तथा वित्तीय संस्था मर्जरमा

नेपाल राष्ट्र बैंकले २०७८ सालको असार मसान्तसम्ममा २२९ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले गाभ्ने/गाभिने नीति ल्याएपछि उक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका हुन् ।यसैगरी, २०७८ सालको असार मसान्तसम्ममा देशका कुल ७५३ वटा स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन् । ती स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा खुलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।हालसम्म जाजरकोटको ज

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

कोरोनाको संक्रमण बढ्दै गएपछि धनकुटा जिल्लामा समेत बैंक तथा वित्तीय संस्था सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन बमोजिम सीमित कर्मचारी राखेर अति आवश्यकीय काम मात्र गर्न प्रशासन कार्यालयले हप्तामा ३ दिन मात्र बिहान ८ देखि ११ बजेसम्म मात्र स१चालन गर्न भनेको छ ।

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने

काठमाडौं। यही १६ गतेदेखि लागू निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था बन्द हुने छैनन्। प्रशासनले बैंकले जारी गरेको परिचयपत्रका आधारमा निषेधाज्ञाको समयमा आवतजावत गर्न मिल्ने बताएको छ। यसैगरी, सरकारी कर्मचारी पनि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ