मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

 कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले  धर्ना दिएका छन् ।प्रदेशमा पर्याप्त अक्सिजनको माग गर्दै युवाहरूको समूहलेआज धर्ना दिएका हुन् । उनीहरुकाे माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत छ ।एकजना युवा अभियन्ता अनिल ढकालले पहिलो दिन धर्नामात्र बसेको र यदि प्रदेश सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि रिले अनशनमा बसेका चुरे अभियानकर्ता तथा सुकुम्बासीले आइतबार सुतेर धर्ना दिएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको आयोजनामा भइरहेको रिले अनशनमा बसेका चुरे संरक्षण अभियानकर्ता र सुकुम्बासीले माग पूरा गर्न दबाब दिँदै मुख्यमन्त्री कार्यालयअगाडि सुतेर धर्ना दिएका हुन्।

मुख्यमन्त्री कार्यालयमा निमार्ण व्यवसायीहरुको धर्ना

नेपाल निर्माण व्यवसायी महासंघ बुटवलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका छन् । महासंघले मंगलबार निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधन र अत्याधिक मूल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका हुन् ।  यसअघि महासंघले निर्माण सामाग्रीमा मूल्यवृद्धि, सामाग्रीको अभाव र कालोबजारी रोक्न तथा सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधन सच्याउन माग गरेको थियो ।

सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै सुकुम्बासीले आफ्नो जग्गा उपलब्ध गराई दिन प्रदेश सरकारसँग माग गरेका छन् ।२०५४ सालदेखि हालसम्म सुकुमबासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपुर्जा छानबिन गरी गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग उनीहरुले गरेका छन् । च

शिक्षक महासंघले भोलि बालुवाटारमा धर्ना दिने

काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ। ३४ सूत्रीय माग राखी २० वैशाख देखि आन्दोलनरत महासंघले बिहान १०देखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि महासंघले माइतीघरमा अनशनका साथै स्थानीय तह प्रमुख, जिल्लाका शिक्षा इकाई प्रमुख, प्रदेशका मुख्यमन्त्री कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएको थियो।

प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार ६ वटा प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको छ। असार १० गते घोषित कार्यक्रमअनुसार कर्णालीमा सार्वजनिक बिदा भएकोले साउन ३ मा गर्ने गरी बाँकीमा धर्ना बसेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि पालिकास्तरमा आन्दोलन सम्पन्न गरेको महासंघले प्रदेश हुँदै अब साउन ८ देखि संघीयस्तरमा आन्दोलन केन्द्रित गर्ने महासचिव सुवेदीले जानकारी दिए।

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र

मिडिया विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

बुटवल : लुम्बिनी प्रदेश सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउने किसिमले मिडिया विधेयक प्रदेश सभामा दर्ता गरेको भन्दै मानव अधिकार तथा समाजले लगातार विरोध गरिरहेको छ ।  शान्ति समाजले यसै क्रममा आज बुटवलस्थित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना कार्यक्रम राखी प्रदेश सरकारले ल्याउन लाग…

मिडिया विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

बुटवल : लुम्बिनी प्रदेश सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउने किसिमले मिडिया विधेयक प्रदेश सभामा दर्ता गरेको भन्दै मानव अधिकार तथा समाजले लगातार विरोध गरिरहेको छ ।  शान्ति समाजले यसै क्रममा आज बुटवलस्थित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना कार्यक्रम राखी प्रदेश सरकारले ल्याउन लाग…

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।