सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै सुकुम्बासीले आफ्नो जग्गा उपलब्ध गराई दिन प्रदेश सरकारसँग माग गरेका छन् ।२०५४ सालदेखि हालसम्म सुकुमबासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपुर्जा छानबिन गरी गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग उनीहरुले गरेका छन् । च

सम्बन्धित सामग्री

प्रदेश २ : जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।उनीहरुले जनकपुरधाम उपमहानगरपाल

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

वलात्कारी मन्त्री वरखास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बरखास्त गर्न माग गर्दै आईतवार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ।  युवासंघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले मुख्यमन्त्री कार्यालय घेराउ ...