अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले  धर्ना दिएका छन् ।प्रदेशमा पर्याप्त अक्सिजनको माग गर्दै युवाहरूको समूहलेआज धर्ना दिएका हुन् । उनीहरुकाे माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत छ ।एकजना युवा अभियन्ता अनिल ढकालले पहिलो दिन धर्नामात्र बसेको र यदि प्रदेश सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने