विवाहित महिलाको सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छन् ।
सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिवार अबेर राति सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षाले उपाधि चुम्न सफल भएकी हुन् ।
दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको वि...