काठमाडाैं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ। साथै भीडभाड नगर्न र अनिवार्य मास्क लगाउन पनि भनिएको छ। कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।जिल्ला कोभिड–१९ संकट व्यवस्थापनको आज बसेको बैठकले कोरोना नियन्त्रण गर्न ६ बुँदा तयार पारेको छ। यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्