काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यका भित्र सार्वजनिक गाडीमा चढ्न मास्क अनिवार्य गरेको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ । यस्तै काठमाण्डाै प्रशासनले जारी गरेको आदेशमा माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा ब...