विराटनगरमा मास्क नलगाई हिँड्नेलाई अब १०० रूपैयाँ जरिवाना हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।
जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको छ । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भीडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो ।
अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वा...