सुखद् समाचार : घट्न थाल्यो संक्रमण दर र मृतकको संख्या, बढ्दै निको हुने दर

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोन

सम्बन्धित सामग्री

मंकीपक्स संक्रमणबारे विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले गर्‍यो आग्रह

जेठ ९, काठमाडौं । सरकारले मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने पनि बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । उनले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरेका छन् ।   मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले बताए । उनले  मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स लागेको  तीनदेखि चार हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि उनले बताए । उनका अनुसार मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको छ । मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा सर्ने भाइरस हो । प्रायः मुसा तथा बाँदर प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ ओटा देशमा ३० जनाभन्दा धेरै मानिसहरुमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मलपक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।

१९औँ  एसियाली  खेलकुद स्थगित

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना संक्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका छन्, साउथ चाइना मर्निङ पोस्टले यो वर्ष एसियाड हुने सम्भावना नरहेको उल्लेख गरेको छ चीनको होङझाउ...

पर्यटन उकास्न पर्यटनका संघसंस्थाले के गर्न सक्छन् ?

कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कन थालेको छ । अहिले दैनिक २ हजारभन्दा बढी पर्यटक त्रिभुवन विमानस्थलबाट भित्रिइरहेका छन् । वसन्त याममा हिमाल आरोहण गर्नका लागि स्वीकृति लिनेको संख्या पनि बढेको छ । भारतीय नम्बर प्लेटका गाडी छ्याप्छ्याप्ती देखिन थालेका छन् । मुस्ताङका होटलहरू भारतीय तीर्थयात्रुले भरिएको समाचार आइरहेको छ । यसरी हेर्दा अपेक्षा गरिएभन्दा चाँडो पर्यटनले गति लिन सक्ने देखिएको छ । यद्यपि धेरै पर्यटक आउने चीनबाट भने पर्यटक आगमन करिब करिब शून्य नै छ । अहिले चीनमा कोरोना संक्रमण बढेको छ र कतिपय शहरमा लकडाउन लगाइएको छ । दक्षिण कोरियामा पनि कोरोना संक्रमण तीव्र फैलिएको छ । भारतमा पनि संक्रमण दर बढ्न थालेको छ । त्यसको असर पर्यटनमा फेरि नपर्ला भन्न सकिन्न । यस्तोमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको चासो, प्रयास र दबावले पर्यटनलाई टेवा पुग्न सक्छ । नेपालमा व्यावसायिक संघसंस्थाहरूमा राजनीति हाबी भएको छ । त्यसको असरले यस्ता संस्थाहरू व्यावसायिक समस्याको समाधानमा भन्दा राजनीतिक रूपमा स्वार्थपूर्तिको माध्यम बनेको पाइन्छ । यस्ता संस्थाको अधिवेशनमा नै सदस्यहरू व्यावसायिक समस्या समाधान गर्ने नेतृत्वभन्दा राजनीतिक आस्थाका आधारमा नेतृत्व चुन्न तयार देखिन्छन् । त्यही भएर व्यवसायका समस्या ज्यूँका त्यूँ रहेको पाइन्छ । यसै सन्दर्भमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को नयाँ नेतृत्व चुनिएको छ । निर्वाचनका बेला जेजस्तो भए पनि अब नाट्टाले पूर्ण रूपमा व्यावसायिक बन्नु जरुरी छ । धेरै समयदेखि नाट्टाले उठाउँदै आएका थु्रप्रै मागहरू सरकारले पूरा गरिदिएको छैन । तिनको सम्बोधन भए पर्यटन व्यवसायीलाई केही राहत पुग्ने थियो । पूर्वाधारसहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगायत सीमित पर्यटन उद्योगहरूलाई मात्र औद्योगिक व्यवसाय ऐन २०७३ ले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको छ । त्यसैले यीबाहेक अन्य पर्यटन उद्योगहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरहको सेवा सुविधा दिलाउन आवश्यक छ । पर्यटन उद्योगलाई अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तर्गत राखी अन्य आकस्मिक सेवाहरू सरह सुविधा प्रदान गरी बन्द, हडताल र चक्काजामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरू निर्बाध रूपले सञ्चालन गर्न गराउन पाउने व्यवस्थाका लागि पहल गर्नुपर्छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गरिएको छ । अब गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट धेरै भन्दा धेरै उडानका लागि पहल गरिनु पर्छ । यसो हुन सके लुम्बिनीमा पर्यटक संख्या निकै बढ्न सक्छ । खासगरी श्रीलंका, थाइल्याण्ड, चीन, जापान आदि देशबाट सीधा उडानका लागि नाट्टाले पनि माग गर्नुपर्छ । काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरूको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरू झेल्नु परेको छ । तसर्थ, काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरूमा सरकारले उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु आवश्यक छ । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनका माध्यम हो । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको छ । तर, यस क्षेत्रले दक्ष जनशक्ति पाउन सकेको छैन । दक्ष जनशक्ति विदेशिँदा पनि समस्या भएको छ । त्यसैले पर्यटनको अध्ययन तथा तालिमका एकडेमीको स्थापना हुन आवश्यक देखिन्छ । त्यसका लागि नाट्टाले आवाज उठाउनुपर्छ । विद्यमान पर्यटन ऐन तथा यातायात व्यवस्था ऐनमा पर्यटक शब्दको परिभाषा बाझिएको सन्दर्भमा आन्तरिक पर्यटकहरूले पर्यटन सवारीमा यात्रा गर्न नपाएको तथा पटक पटक बस व्यवसायीहरू बीच तनाव सृजना भई विदेशी यात्रुहरूले समेत जोखिम उठाउनु परेको अवस्थालाई ध्यानमा राखी उपर्युक्त दुवै ऐनमा आवश्यक संशोधन गरिनु जरुरी छ । ट्राभल एजेन्ट्स तथा टूर अपरेटरहरूलाई पर्यटकहरूको सेवा सुविधाका लागि विदेशबाट पैठारी गरिने सवारी साधनमा भन्सार छूटको व्यवस्था गरिनु पर्छ । अन्तरराष्ट्रिय स्तरका सवारी साधनहरू प्रचलनमा नभएका तथा ती अत्यन्तै महँगा पनि हुने भएकाले ट्राभल व्यवसायीहरूलाई यस्ता सवारी साधन पैठारी गर्न भन्सार तथा अन्य कर छुटको आवश्यकता छ । नयाँ पर्यटकीय स्थलहरूमा पर्यटन सेवाका लागि स्थापना गरिने पूर्वाधार निर्माण गर्ने सम्बन्धित उद्यमी/व्यवसायीहरूलाई सरकारबाट समुचित प्रोत्साहन दिनु जरुरी छ । नाट्टा पर्यटनसँग सम्बन्धित संस्थाहरूमध्ये पुरानो र ठूलो पनि हो । त्यसैले पर्यटन बोर्ड, पर्यटन विभागसँग छलफल गरी व्यवसायीका समस्या समाधान गर्न पहल गर्नुपर्छ । नाट्टाले पर्यटन विभाग, पर्यटन बोर्ड तथा विभिन्न वायु सेवा कम्पनीहरूसँग राम्रो सम्बन्ध कायम गरी सहकार्यको वातावरण बनाउनुपर्छ ।   अहिले बिस्तारै उठ्न थालेको पर्यटनलाई गति दिन प्रचारप्रसारको पनि आवश्यकता छ । त्यसका लागि बोर्डलाई झक्झक्याउने काम नाट्टाको हो । सातै प्रदेशमा बोर्ड स्थापनाका लागि पनि पहल गर्नुपर्छ । नाट्टा आफैले पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ । सरकार  नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा छ । सरोकारवालाहरूसँग आगामी आर्थिक वर्षमा लिनुपर्ने नीतिहरू बारे अर्थमन्त्रालयले छलफल गरिरहेको छ । अर्थमन्त्रालयसँग समन्वय गरी पर्यटन उकास्नका लागि कार्यक्रमहरू ल्याउन नाट्टाको पहल जरुरी छ । पर्यटन व्यवसायीहरूका अनेकौं संघसंगठन छन् । विधागत रूपमा यस्ता संगठनको आवश्यकता पनि छ । तर, पर्यटन एकअर्कासँग सम्बन्धित भएकाले सामूहिक आवाजको महत्त्व पनि छ । त्यसैले पर्यटन महासंघको स्थापना अहिलेको आवश्यकता हो । यसका लागि पनि नाट्टाले पहल गर्न सक्छ यद्यपि त्यो सहज भने छैन । पर्यटन क्षेत्रले डलर भित्र्याएर अर्थतन्त्रमा राम्रो योगदान दिए पनि गुणस्तरीय पर्यटक ल्याउन सकिएको छैन । यसका लागि नेपाली विमान युरोपेली मुलुकमा उड्न आवश्यक छ । त्यसका लागि पनि सरकारलाई घच्घच्याउन आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका पूर्वमहासचिव हुन् ।

भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित

३० पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले […]

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु

पुस २६, नयाँदिल्ली (भारत) । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । सोमवार थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३ दशमलव २९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जानकारी दिएका छन् । भारतमा कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । भारतमा हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् । केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमवारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् । एजेन्सी

दक्षिण एसियामा कोरोना संक्रमण : कुन देशमा कस्तो छ अवस्था?

काठमाडौं : विश्वभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ। कोरोनाबाट अब विश्वको कुनै पनि मुलुक अछुतो हुन सकेको छैन। बिहिबार बेलुका समाचार तयार पार्दा विश्वभर करिब १६ करोड ९१ लाख ४३ हजार ४८४ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमा ३५ लाख १३ हजार ९४१ जनाको मृत्यु भएको छ भने १५ करोड ७ लाख ८८ हजार ५९२ जना कोरोना मुक्त भएका छन्।  कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। त्यहाँ हालसम्म ३ करोड ३९ लाख ७१ हजार २०७ जनामा कोरोना पुष्टि भएसँगै पहिलो नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ६ लाख ६

कति छिटो सर्छ भारतीय भेरियेन्ट ?

बीबीसी । केही महिना अगाडि मात्र कोभिड संक्रमण दर कम हुँदै गएको र खोप अभियान सफल भइरहेका जस्ता राम्रा समाचार सुन्न थालिएको थियो । तर, अहिले परिस्थिति बदलिसकेको छ ।  लकडाउन खुकुलो पारिरहेका मुलुकहरु पनि अहिले पुनः विचार गर्न बाध्य बनेका छन् किनकी भारतमा उत्पन्न नयाँ ‘बी.१.६१७.२ भेरियेन्ट बिस्तारै दुनियाँभर...

कोरोना उपचारमा नयाँ औषधि

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।

सावधानी अपनाउने कम, लकडाउन खाेल्न हतार भएको तर्क

काठमाडौं : संसारभर कोरोना भाइरसको संक्रमण बढदै गइरहेको छ। विभिन्न मुलुकले लकडाउन खुकुलो पार्ने क्रम पनि जारी छ। कयौ देशमा दैनिकजसो कोरोना संक्रमणको दर बढदै गइरहेको छ। लकडाउन खुकुलो गरेसँगै कोरोनाको संक्रमण दर उच्च हुँदै गएको पनि छ।  भारतमा लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण बढदै गएको हो। यो समाचार तयार पार्...