भरतपुरबाटै चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न यातायात व्यवस्था सेवा कार्यालयले प्रयोगात्मक प्रशिक्षण स्थल (ट्रायल सेन्टर) छनोट गर्न लागेकोमा सर्वोच्च अदालतको आदेशले स्थगित भएको छ । कार्यालयको सूचना अनुसार असार २३ गते बिहीबार आर्थिक प्रस्ताव पत्रहरु खोलेर निर्णय हुँदै थियो । तर सर्वोच्च अदालतमा रिट निवेदन परेर असार २१ मा अन्तरिम आदेश जारी भएपछि छनोट कार्य स्थगित भएको छ ।