विराटनगर। विराटनगरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका– ६ बस्ने ४० वर्षीय सिताराम लुईटेल रहेका छन्।
लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ।